अन्य दलका उम्मेदवारप्रति ओलीको टिप्पणी : चर्चा गर्न लायक नै छैनन् !
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा गर्न लायक समेत नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्यमा मतदान एमालेलाई विजयी गराउन आह्वान समेत गरे ।
अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार स्थापितलाई बनाएको दावी गरे ।
‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न । किनभने चर्चा गर्न लायक नै छैनन्’, ओलीले भने, ‘केही कुरा गरिरहनु पर्ने आवश्यक्ता नै छैन । साथीहरुले कतिपयले इच्छा गर्नु भएको छ । इच्छा गर्न पाईन्छ । उहाँहरुको अधिकारको कुरा हो । उहाँहरुले इच्छा गर्नुपर्छ । उहाँहरुको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौ । एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं ।’
अध्यक्ष ओलीले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्न एमाले सदैव तयार रहेको दोहो-याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण