स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउँछ: नेता निधि
आइतबार, १८ वैशाख २०७९, १४ : ३३

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका हुन् । नेता निधिले भने, 'यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्नेछ ।'
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक भन्ने धारण व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान