बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मधुवन नगरपालिकामा माओवादी र एकीकृत समाजवादी मिलेरै एमाले-काँग्रेससँग भिड्दै

आइतबार, १८ वैशाख २०७९, १३ : ५३
आइतबार, १८ वैशाख २०७९

बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच चुनावी तालमेल भएकाले मिलेरै नेकपा एमाले र नेपाली काँग्रेससँग प्रतिष्प्रधा गर्ने भएका छन् । नेपाली काँग्रेससहित सत्ता गठबन्धन गर्ने समझदारी भएपनि सहमती हुन नसकेपछि माओवादी र एकीकृत समाजवादीबीच मात्रै तालमेल भएको हो । 

माओवादीबाट उम्मेदवारी दिएका लक्ष्मीप्रसाद शर्मा ‘आकाश’ उपमेयर सुभद्रा थारुलाई सघाउने एकीकृत समाजवादीले सघाउने सहमति भएको शर्माले बताए । दुई दलको समझदारी बमोजिम नगरको वडा नम्बर ८ अध्यक्षसहित केही सदस्य एकीकृत समाजवादीले लिने सहमति भएको छ। माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएकाले चुनाव जित्ने वातावरण बन्दै गएको शर्माको दाबी छ । यस नगरमा यसअघि निर्वाचनमा मेयर र उपमेयर माओवादीले जितेको थियो । 

दोस्रो कार्यकाल समेत माओवादीले जित्नेमा आशावादी भएको शर्माको भनाई छ । त्यतिबेला एमाले दोस्रो प्रतिस्पर्धाको रुपमा थियो । यस निर्वाचनमा एमाले विभाजन भएपछि माओवादी र काँग्रेसबीच प्रतिस्पर्धा हुने बताएको छ । हाल मेयरमा एमालेबाट धर्मराज थापा उपमेयरमा सम्झना विश्वकर्माले उम्मेदवारी दिएका छन् । यस्तै काँग्रेसबाट तेजुलाल भाट र उपमेयरमा अनिता चौधरीले उम्मेदवारी दिएका छन् । पाँच दलीय गठबन्धन नभएपछि मित्रवत प्रतिष्प्रधा गर्ने समझदारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप