बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुस-युक्रेन युद्धका ती कथा : जुन अमेरिकासहित पश्चिमा राष्ट्रले सुनिरहेका छैनन्

आइतबार, १८ वैशाख २०७९, १३ : ११
आइतबार, १८ वैशाख २०७९

‘युक्रेन र बेलायत लगायतका उसका सहयोगीहरूले एक हजार वर्षदेखि रुसलाई धम्की दिइरहेका छन्, उनीहरूले नेटोलाई हाम्रो सिमाना नजिक ल्याउने धम्की दिइरहेका छन्, उनीहरूले हाम्रो संस्कृतिलाई नष्ट गर्न चाहन्छन्, उनीहरूले हामीलाई धेरै वर्षदेखि धम्की दिइरहेका छन् ।’

रुसी संसद (डुमा) का सदस्य र रसियाका प्रभावशाली टिभी होस्ट येभगेनी पोपोभले १९ अप्रिलमा बीबीसीको युक्रेनकास्ट कार्यक्रममा यो कुरा भनेका थिए ।

‘स्पष्ट रूपमा, युक्रेनका लागि नेटोको योजना रसियाका नागरिकहरूका लागि खतरा हो’, उनले भने ।

उनका यी विचारहरू अचम्मको मात्रै होइनन् शिक्षाप्रद पनि छन् किनभने रुसले पश्चिमी देशहरूमा देखिने दृष्टिकोणभन्दा पूर्णतया फरक दृष्टिकोण प्रस्तुत गरेको छ ।

युरोपेलीहरू र पश्चिमीहरूका लागि, यी घोषणाहरू अकल्पनीय देखिन्छन्, यहाँसम्म कि ध्यानपूर्वक सङ्कलन गरिएका प्रमाणहरूको अपमान पनि मानिन सक्छ ।

तर, यी रुस समर्थक मात्र होइन, रुस र विश्वका विभिन्न भागमा बसोबास गर्ने धेरै मानिसहरूले पनि सही ठानेका विचारहरू हुन् ।

जब रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण ग‍र्यो, संयुक्त राष्ट्र संघले निन्दा प्रस्तावमा आपतकालीन मतदान ग‍र्यो, जसमा संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रमध्ये १४१ राष्ट्रले रुसको विपक्षमा मतदान गरे ।

तर भारत, चीन र दक्षिण अफ्रिकालगायत धेरै प्रमुख देशहरू यो मतदानमा अनुपस्थित थिए ।

यस्तो अवस्थामा पश्चिमा नेताहरूले नेटोको दृष्टिकोणलाई सारा विश्वले समर्थन गर्छ भन्ने सोच्ने हो भने त्यो भ्रम हुनेछ ।

युक्रेनमा भएको युद्धमा रुस मात्रै जिम्मेवार रहेको नेटोको धारणा छ ।

यस्तो अवस्थामा रुसको आक्रमणप्रति धेरै देश किन तटस्थ छन् ?

यसका धेरै कारणहरू छन् । यसमा प्रत्यक्ष रुपमा सैन्य र आर्थिक स्वार्थदेखि लिएर पश्चिमी देशहरूमा दोहोरो मापदण्डको आरोप, युरोपको औपनिवेशिक इतिहाससम्म समावेश छ । एउटा कारण सबै देशहरूमा लागू हुँदैन । सार्वजनिक रूपमा रूसको आलोचना नगर्ने र पुटिनलाई अलग नगर्ने प्रत्येक देशको आफ्नै विशेष कारणहरू हुन सक्छन् ।

सहयोगको कुनै सीमा छैनः

पहिले चीनको कुरा गरौँ । यो संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो जहाँ १४० करोड भन्दा बढी मानिस बस्छन् । यहाँका अधिकांश जनसंख्याले सरकारद्वारा नियन्त्रित मिडियाबाट समाचार प्राप्त गर्छन्, जसरी रूसका अधिकांश मानिसहरूले समाचार प्राप्त गर्छन् ।

२४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु हुनुअघि नै चीनमा भएको शीतकालीन ओलम्पिकमा राष्ट्रपति पुटिन उच्चस्तरीय अतिथि थिए ।

पुटिनको भ्रमणपछि चीनले जारी गरेको विज्ञप्तिमा दुई देशबीचको सहयोगको कुनै सीमा नभएको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई युक्रेनमा ठूलो हमला गर्न लागेको कुरा पहिल्यै बताइसकेका थिए कि भन्ने प्रश्न उठेको छ ?

तर चीनले यस्तो कुनै पनि हालतमा नभएको बताएको छ । तर यो कल्पना गर्न गाह्रो छ कि रूसले यस बारे चीनलाई संकेत दिएको थिएन । चीन रुसको महत्वपूर्ण छिमेकी र सहयोगी हो ।


भविष्यमा चीन र रुस एकअर्काका रणनीतिक प्रतिद्वन्द्वी हुन सक्ने समय पनि आउन सक्ला, तर आज तिनीहरू सहयोगी देश हुन् र नेटो, पश्चिमी देशहरू र तिनीहरूको लोकतान्त्रिक मूल्यहरू विरुद्ध उनीहरुको हित साझा छ ।

साउथ चाइनामा आफ्नो सैन्य विस्तारलाई लिएर अमेरिकासँग चीन यसअघि नै भिड्दै आएको छ । हङकङमा मुस्लिमहरूप्रतिको कडा व्यवहार र लोकतन्त्रको उल्लङ्घनलाई लिएर चीनले पश्चिमी सरकारहरूसँग पनि झगडा गरेको छ ।

चीनले पनि ताइवानलाई पुनः प्राप्त गर्न बल प्रयोग गर्नु परेमा त्यो पनि  गर्ने दाबी गर्दै आएको छ ।

यस्तो अवस्थामा नेटो चीन र रुसको साझा शत्रु हो । दुबै देशको सरकारको विचार त्यहाँका जनतासम्म पनि फैलिन्छ फलस्वरुप युक्रेनमाथि आक्रमण र कथित युद्ध अपराधको विषयमा पश्चिमीको आलोचनात्मक दृष्टिकोण साझा हुँदैनन् ।

भारत र पाकिस्तानको रुसलाई रिस नउठाउनुका आ–आफ्नै कारण छन् । भारतले आफ्ना अधिकांश हतियार रुसबाट खरिद गर्छ र हालै हिमालय क्षेत्रमा चीनसँगको हिंसात्मक मुठभेडपछि भारतले एक दिन रुसलाई सहयोगी र संरक्षकको रूपमा आवश्यक पर्ने महसुस गरेको छ ।

पाकिस्तानका भर्खरै हटाइएका प्रधानमन्त्री इमरान खान अमेरिका र पश्चिमी देशहरूको कडा आलोचक हुन् । पाकिस्तानले रुसबाट हतियार पनि किन्छ र मध्य एसियामा व्यापारिक मार्गहरू कायम राख्नका लागि पनि  रुसको आवश्यकता छ  ।

पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खान २४ फेब्रुअरीमा पुटिनलाई भेट्न मस्को पुगेका थिए । यसै दिन रुसले युक्रेनमाथि आक्रमण गरेको थियो ।

युक्रेनमाथिको आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय प्रस्तावमा भारत र पाकिस्तान दुवै अनुपस्थित थिए ।

दोहोरो मापदण्डः

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा मुलुकले दोहोरो मापदण्ड अपनाउने गरेको अधिकांश मुस्लिम देशलगायत धेरै देशको आरोप छ ।

सन् २००३ मा अमेरिका र बेलायतले संयुक्त राष्ट्र संघ र विश्वका अधिकांश देशको मतलाई बेवास्ता गर्दै इराकमा आक्रमण गरे । संदिग्ध आधारमा भएको यो आक्रमणपछि इराकमा वर्षौँसम्म हिंसा जारी रह्यो ।

अमेरिका र बेलायतमाथि यमनमा जारी गृहयुद्धलाई लम्ब्याएको आरोप पनि लगाइएको छ । यमनमा आधिकारिक सरकारको समर्थनमा हुथी विद्रोहीमाथि हवाई आक्रमण गर्ने साउदी अरेबियाको वायुसेनालाई उनीहरुले हतियार दिएका छन् ।

यस्तै अफ्रिकाकााा थुप्रै देशहरुमा, अन्य ऐतिहासिक कारण छन् । सोभियत संघको पालामा रुसले अफ्रिकामा सहारादेखि केपसम्म हतियार पठाए किनभने उसले पश्चिमी देश र अमेरिकाको प्रभाव कम गर्न चाहेको थियो ।

धेरै ठाउँहरूमा, १९ औं र २० औं शताब्दीको युरोपेली उपनिवेशको सम्झनाहरू अझै ताजा छन् र स्थानीय जनताको भावनालाई प्रभावित गर्छ ।

फ्रान्स, जसले मालीको आफ्नो पुरानो उपनिवेशमा अल कायदाको बढ्दो प्रभावको सामना गर्न सन् २०१३ मा सेना पठाएको थियो, त्यहाँ धेरै लोकप्रिय छैन ।

अब धेरैजसो फ्रान्सेली सैनिकहरू फर्किसकेका छन् र त्यहाँ रुस समर्थक वाग्नर समूहका निजी लडाकुहरूले प्रतिस्थापन गरेका छन् ।


र मध्य पूर्व यहाँ कहाँ छ ?

सिरिया, उत्तर कोरिया, बेलारुस र इरिट्रिया रुसको पक्षमा उभिनु कुनै आश्चर्यको कुरा होइन ।

सिरियाली राष्ट्रपति बसर अल असद आफ्नो शक्ति कायम राख्न रुसमाथि भर पर्छन् । सन् २०१५ मा, सिरिया इस्लामिक स्टेटका लडाकुहरूको हातमा  जाँदाजाँदै बचेको थियो ।

यस्तै पश्चिमी मुलुकका पुराना सहयोगी साउदी अरब र संयुक्त अरब इमिरेट्सले संयुक्त राष्ट्रसंघमा गरेको निन्दाको प्रस्तावलाई समर्थन गरे पनि रुसविरुद्ध खुलेर बोल्न अस्वीकार गरेका छन् ।

युनाइटेड अरब इमिरेट्सका युवराज तथा शासक, राजकुमार मोहम्मद बिन जायदको पुटिनसँग राम्रो सम्बन्ध छ । मस्कोमा उनका पूर्व राजदूत पुटिनसँग शिकारसम्म खेल्न गइसकेका छन् ।

यहाँ यो पनि याद गर्नुपर्दछ कि साउदी अरबका युवराज र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच खासै न्यानो सम्बन्ध छैन ।

रिपोर्टका अनुसार दुबै एकअर्कालाई यतिसम्म मन पराउँदैनन् कि उनीहरुले एक–अर्काको फोनसमेत उठाउँदैनन्

यसअघि जब पश्चिमी देशका पत्रकार जमाल खग्गोशीको हत्याको आरोप साउदी युवराजमाथि लागेको केही हप्तापछि सन् २०१८ मा जी२० शिखर सम्मेलनका बेला विश्वका नेता ब्युनस आयर्समा भेटेका थिए तब धेरैजसो पश्चिमी नेताले युवराजलाई भेट्न खासै रुची देखाएका थिएनन् ।

त्यही क्रममा पुटिनले उनलाई हाइफाइ गरे । यो साउदी नेताहरूले हतारमा बिर्सेको कुरा होइन ।

यसको मतलब बेलारुसबाहेक अन्य देशहरूले युक्रेनमाथिको आक्रमणलाई सक्रिय रूपमा समर्थन गर्छन् भन्ने होइन ।

मार्च २ मा भएको संयुक्त राष्ट्रसंघीय मतदानमा रुसलाई पाँच देशले मात्र समर्थन गरेका थिए । ती मध्ये एक रुस पनि थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप