टस हारेर ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर पहिलो बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउ“सो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।
सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रने नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने अवसर छ । सन्दीपले घरेलु मैदानमा सिरिज जित्ने मुख्य लक्ष्य भएको बताएका छन् । जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो ।
त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।
नेपाली टोली :
सन्दीप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बशीर अहमद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय