आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

घट्यो कन्डमको आयात, ९ महिनामा १३ करोडको भित्रियो

आइतबार, १८ वैशाख २०७९, १२ : ४६
आइतबार, १८ वैशाख २०७९

चालू आर्थिक वर्षको ९ महिनामा कन्डम आयात घटेको भन्सार विभागले जानकारी दिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १३ करोड ९८ लाख रुपैयाँको कन्डम भित्रिएको छ । जुन, गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ करोड ९५ लाख रुपैयाँ कम हो ।

गत आर्थिक वर्षको ९ महिने अवधि (साउन–चैत)सम्ममा १८ करोड ९३ लाख रुपैयाँको कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । त्यस अवधिमा विदेशबाट ५ करोड २२ लाख ५३ हजार वटा कन्डम नेपाल भित्रिएको थियो । यद्यपी, चालू आर्थिक वर्षको ९ महिनामा १ करोड ४० लाख ६४ हजार वटा मात्रै कन्डम भित्रिएको विभागले जनाएको छ ।

यसैगरी, गत आर्थिक वर्षभरीमा कूल २४ करोड ३८ लाख रुपैयाँको कन्डम भित्रिएको थियो । गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड १० लाख ८ हजार वटा कन्डम आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप