आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

समझदारी गरेर निर्वाचनमा जान गठबन्धनको निर्देशन

आइतबार, १८ वैशाख २०७९, १२ : ३४
आइतबार, १८ वैशाख २०७९

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुका लागि उक्त निर्देशन दिएको हो ।

यस्तै गठबन्धनको मर्म र भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा सक्रियपूर्वक जिम्मेवारी गर्ने निर्णय भएको समितिका सदस्यसचिव केशव जोशीले जानकारी दिए । उनकाअनुसार उक्त निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप