बिदाका दिन सर्वोच्च अदालतमा फुलकोर्ट बैठक
मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने सर्वोच्च अदालत श्रोतले रातोपाटीलाई बतायो ।
बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ । एक न्यायाधीशकाअनुसार अन्य एजेण्डाबारे थाहा नभएपनि वरिष्ठ अधिवक्ताको उपाधि र हरिकृष्ण कार्कीको प्रतिवेदनको स्वामित्व ग्रहण गर्ने विषय मुख्य एजेण्डाका रुपमा रहन सक्नेछ । ती न्यायाधीशले भने, ‘एजेण्डाहरु के–के छन् भन्ने त थाहा छैन । म पनि जाँदैछु । तर वरिष्ठ अधिवक्ताको उपाधि र प्रतिवेदनको ओनरसिप लिने मुख्य एजेण्डा हुन सक्छन् ।’
लामो समयदेखि बन्द रहेको वरिष्ठ अधिवक्ताको उपाधिको सम्बन्धमा नेपाल बार एसोसिएसन लगायतले बारम्बार प्रश्न उठाएपछि सर्वोच्च अदालत वरिष्ठ अधिवक्ताको उपाधि दिने सम्बन्धमा निर्णय गर्न लागिपरेको हो । यसका लागि निर्णय गर्नसक्ने श्रोतले बताएको छ ।
त्यसैगरी हरिकृष्ण कार्कीको प्रतिवेदनको केही अंश कार्यन्वयनमा गइसकेको भएपनि सर्वोच्चले आधिकारिक रुपमा त्यसलाई सम्पत्तिका रुपमा स्वीकार गरेको छैन । उक्त प्रतिवेदनलाई स्वीकार गरी कार्यन्वयनमा लैजानेबारे आधिकारिक निर्णय हुन सक्नेछ ।
त्यसबाहेक गोला प्रणालीबाट पेशी व्यवस्थापन सम्बन्धी कार्याविधिलाई पनि औपचारिक रुपमा स्वीकार गरी पूर्ण स्वचालित विधिबाट पेशी व्यवस्थापन गर्न आवश्यक गृहकार्य गर्नेबारे पनि फुलकोर्टमा छलफल हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान
-
विचार विज्ञानको सशक्त सङ्ग्रह :नेपाल नखुलेका पाटाहरू
-
भारत-पाकिस्तान तनाव : युद्ध रोक्न कूटनीतिक प्रयास