सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एउटा सानो स्वतन्त्र मजदुर युनियनले कसरी जित्यो विश्वकै शक्तिशाली कम्पनीसँगको संघर्ष ?

आइतबार, १८ वैशाख २०७९, ११ : ५८
आइतबार, १८ वैशाख २०७९

अमेरिकाको श्रमिक आन्दोलनमा राष्ट्रपति रेगनपछिकै दुर्लभ सफलता हासिल गर्दै न्युयोर्कका अमेजन गोदामका श्रमिकले पहिलो पटक मजदुर युनियनको मान्यता पाएका छन् । नेसनल लेबर रिलेसन्स बोर्ड(एनएलआरबी)ले स्टेटन आइल्याण्डमा रहेको आपूर्ति केन्द्र ‘जेएफके–८’ मा भएको मतदानको सुपरीवेक्षण गरेको थियो । मतदानमा २६५४ ले अमेजन लेबर युनियनमा संगठित हुने पक्षमा मतदान गरे, २१३१ ले विपक्षमा मतदान गरे । कुल ८३२५ मतदाता रहेकोमा ६७ ले मतदानलाई चुनौती दिएका थिए भने ११ को मतपत्र बदर भएको थियो। यी दुई जोड्दा पनि युनियनको पक्षमा रहेकाको मतअग्रता उलेख्य भएकाले ती निर्णायक भएन। 

अमेजनका कामदारहरूले आफ्नो कार्यस्थलमा संगठित हुनको लागि पनि अनावश्यक रुपमा लामो र आक्रामक लडाइँ लडनु परिरहेको छ । अमेजनका व्यवस्थापकहरुले संगठित प्रयास गर्नेहरुविरुद्ध झुटा लान्छाना लगाउनेदेखि छलकपटपूर्ण कारबाही गरिरहेको छ, मतदानपछि रिटेल, होलसेल एण्ड डिपार्टमेनट स्टोर युनियनका अध्यक्ष स्टुअर्ट एपेलबमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संयुक्त राज्य अमेरिकामा अमेजनका सयौँ गोदाम छन्। तीमध्येमा मजुदरको युनियनको मान्यता हासिल गर्न न्युयोर्क र अलाबामाका कामदारहरूले धेरै अवरोधको सामना गर्नुपर्यो । अमेजनले एक दरिलो संगठन निर्माण हुनु आफूहरुको नियन्त्रणमाथि खतराको रुपमा लियो। त्यसैले युनियनहरुलाई रोक्न गत वर्ष कन्सल्टेसनमा मात्र ४३ अर्ब डलर खर्च गरेको सार्वजनिक भएको छ, जुन विश्वको ठूला कम्पनीका लागि पनि आश्चर्यजनक रकम हो। यो विशाल तथ्यांक अमेजनले अमेरिकाको श्रम मन्त्रालयमा दायर गरेको दस्तावेजमै उल्लेख छ

स्टेटन आइल्याण्डका श्रमिकहरुका अनुसार जेएफके–८ संयन्त्रमा संगठन निर्माण रोक्न तलबी कन्सलन्टेन्टहरु नियमित तिनको गोदाममा धाउँथे ।  उनीहरु संगठनविरोधी बैठकको स्क्रिप्ट लेख्थे । गोदामको बाथरूम अगाडिको भित्ता, गोदामका कोरिडोरमा लेख्ने मजदुर युनियन विरोधी सन्देश तयार पार्थे। साथमा यस्ता सन्देशहरु मजदुरको इमेल, इन्स्टग्राम, टेक्स्ट म्यासेचमा पठाइन्थो। केही सन्देश त गोदाम संयन्त्रभित्रै भिडियो प्रोजेक्टरमार्फत पटक पटक देखाइन्थ्यो । केही मजदुरलाई त फोनकलमार्फत पनि यी सन्देश सुनाइन्थ्यो।

उता अमेजन लेबर युनियन भने श्रमिकको मागप्रति प्रस्ट थियो । उसले निम्न माग राखेको थियो– घण्टाको ३० डलर न्युनतम ज्याला, तलबी बिदा तथा अन्य विदाको संख्या बढाउनुपर्ने, दिनमा तलबी ब्रेक, अनुसाधनात्मक बैठकमा युनियनको प्रतिनिधि पनि सहभागी हुनुपर्ने र बालस्याहारमा कम्पनीबाट थप बढी सहयोग हुनुपर्ने ।

निश्चित रुपमा अमेरिकामा अलाबामा राज्यमा भन्दा न्यूयोर्कमा युनियनमा संगठित हुन सजिलो छ । तर यहाँ समेत युनियन गठन गर्ने प्रयासमा रहेका मजदुर नेताले गिरफ्तारीसम्म भोग्नु पर्यो। यही वर्ष फेब्रुअरी २३ मा न्युयोर्क पुलिस डिपार्टमेन्टले अमेजन लबेर युनियनका अध्यक्ष क्रिश्चियन स्मल्स लगायत अन्य श्रमिकहरु ब्रेट डेनियल्स र जेसन एन्थोनीलाई पक्रियो । स्मल्सले अनधिकृतमा गोदाममा घुसपैठ गरेको भन्दै अमेजनका व्यवस्थापकले प्रहरीलाई बोलाएपछि उनीहरु पक्राउ परेका थिए ।

युनियनको जितपछि फर्केर हेर्दा अमेजन उक्त कदमले उल्टो असर गरेको देखियो। किनकि त्यसले अमेजनलाई कामदारहरूको आँखामा पहिलेभन्दा बढी दमनकारी देखायो। जेएफके८ मा हासिल भएको सफलता अर्को कारणको लागि पनि उल्लेखनीय छ। अमेजन लेबर युनियन स्वतन्त्र युनियन हो र यो कुनै विद्यमान संघसँग आबद्ध छैन।

युनियनका सस्थापक क्रिश्चियन स्मल्सको विगत पनि अन्य श्रमिक नेताको भन्दा भिन्न छन्। उनी मजदुरलाई संगठित गर्ने कार्यमा निकै पछिमात्र सरिक भएका हुन्। महामारीको प्रारम्भिक दिनमा उनले अमेजनले श्रमिकको स्वास्थ्य र सुरक्षामा प्रयाप्त ध्यान नदिएको भन्दै जेएफके–८ बाहिर विरोधप्रदर्शन आयोजना गर्न मद्दत गरे । त्यो न्युयोर्क विश्वकै कोरोना हटस्पट बनेको बेला थियो। र, पनि कम्पनीले आफ्ना श्रमिकहरुलाई गोदाममा बोलाएर काम गर्न बाध्य बनाएको थियो।

विरोधमा उत्रिएको भन्दै कम्पनीले उनलाई बर्खास्त गर्यो । अमेजनको प्रमुख सल्लाहकार डेभिड जापोल्स्कीले झुक्किएर १००० जनालाई फरवार्ड गरेको इमेलमा स्मल्सलाई ‘मुर्ख, अनपढ’ भन्दै उनलाई मजदुरहरुलाई संगठित गर्ने प्रयासको ‘अनुहार’ बनाउनुपर्ने सुझाव दिएका थिए।

आफूलाई बदनाम गराउन कम्पनीले अभियान चलाएको कुराबाट स्वभारिक रुपमा स्मल्स आक्रोशित बने । तर स्मल्स पहिलेदेखि अमेजनको कार्यशैलीबाट खुसी थिएनन्। उनी पहिलदेखि अमेजनभित्र तल्लो तहको व्यवस्थापन पदमा समेत अश्वेत कर्मचारी अभाव रहेकोमा असन्तुष्ट थिए। उनैलाई पनि योग्य हुदाँ हुदै वर्षौंसम्म प्रमोसन गरिएन। यसलाई कम्पनीभित्र नस्लवादले बलियो जरा गाडेको अर्थमा उनले बुझे।

पछि कम्पनी व्यक्तिगत रुपमा उनको बदनामी गर्न उत्रिएपछि उनमा मजदुर संगठित हुनुपर्छ भन्ने भावना झन् बलियो बन्यो। व्यक्तिगत विरोधका कारण सार्वजनिक रुपमा बर्खास्त गरिएका स्मल्सले रोजगारदाताले दिएको अपमानलाई लामो लडाइँ लड्न उपभोग गरे। आज युनियनले जित हासिल गरिसकेको स्थितिमा यसको नेतृत्व गरेका स्मल्स कसरी एक गैर–कार्यकर्ताबाट युनियनको पक्षधर लडाकुमा बदलिए भन्ने कुरा उनकै शब्दमा उद्धृत गर्न उपयुक्त हुन्छ–

मैले धेरै ठाँउमा भन्दै आएको छु की अमेजनले नै मलाई आजको स्थितिमा पु-याएको हो । म कम्पनीमा म्यानेजर थिइनँ, तर साढे चार वर्षदेखि म म्यानेजरले गर्ने काम गर्दै आएकी थिएँ । अमेजनमा मैले हासिल गरेको नेतृत्वको ज्ञानले मलाई आजको अभियानकर्मीको भूमिका निभाउन सजिलो बनायो ।

मैले अमेजनमा सिकेका धेरै सिद्धान्तहरू अहिले उनीहरु विरुद्ध प्रयोग गर्दैछु। मलाई तिनको मनपर्ने एउटा सिद्धान्त ‘नदब्नु र प्रतिबद्ध रहनु’ भन्ने हो। मैले यो उद्दरण धेरै प्रयोग गरेबाट उनीहरु चिडिन्छन्। तर सायद यही कारणले गर्दा मेरो कहिल्यै पदोन्नति भएनँः किनकि म दबिनँ । म आफूलाई सही लागेको कुरामा उभिएँ, र म परिवर्तनका लागि प्रतिबद्ध छु। अर्को सिद्धान्तले भन्छः ‘हेर्नुस्, स्वामित्व लिनुहोस्, ठीक गर्नुस् ।’ सोही सिद्धान्त अनुरुप मैले समस्याहरू देखेँ, त्यसको स्वामित्व ग्रहण गरे र अहिले समाधान गर्ने प्रयास गर्दैछु।

उनीहरुले मलाई बदनाम गर्ने योजना बनाउदाँ मलाई मजदुरहरु संगठित गर्ने प्रयासको प्रतिनिधि अनुहार बनाउन चाहेको बताएका थिए । म अहिले तिनको भनाईलाई यथार्थमा बदलेर देखाउदै छु। तिनले मसँग अरू विकल्प नै बाँकी राखेनन्। म अझै बेरोजगार छु र संगठित गर्ने काम नै मेरो पूर्णकालिन काम बनेको छ। ’

सन् २०२१ को वसन्तमा स्मल्सले जेएफके–८ बाहिरको बसस्टपमा टेन्ट राखेर उनका पूर्व सहकर्मीहरूलाई युनियनमा आबद्ध हुन मनाउने अभियान सुरु गरे।  जेएफके–८ आउ जाउ गर्ने अधिकांश कामदारले प्रयोग गर्ने बस स्टप थियो, त्यो । विस्तारै गोदाममा कार्यरत डेरिक पाल्मरलगायत स्मल्सको उद्देश्यमा जोडिए । ६ वर्षदेखि अमेजनमा काम गरिरहेका पाल्मर विगतमा स्मल्सको निगरानीमा काम गर्थे। विस्तारै स्मल्सको वरिपरी एक सानो टीम बन्यो।

यो समूहले बसस्टपको टेन्टमा मजदुरहरुका लागि समय समयमा खानपिन कार्यक्रम आयोजना गथ्र्यो। त्यसमा घरमै पकाएर ल्याइएका खानाहरुलाई श्रमिक एकअर्कासँग बाडेर खान्थे। ती अवसरमा मजदुरहरुलाई युनियनको महत्त्व छापिएका पर्चा बाँडिन्थ्यो। समूहले आफ्नो सन्देशलाई व्यापक बनाउन टिकजस्ता समाजिक संजाल पनि प्रयोग गर्न थाल्यो । केही समयमै समूहले जेएफके–८ गोदामभित्र संगठनको एक समिति बनायो।

मजदुरलाई संगठित गर्ने प्रयासविरुद्ध अमेजनले निरन्तर प्रोपोगाण्डा गरिरहेको थियो। तर अमेजन लेबर युनियनले उसको काम रोकेन। आन्दोलनकारीको माग सम्बोधन गर्न पच्चीस सदस्यीय आयोजक समिति बनाइसकेको थियो। यो समितिलाई अमेजनको व्यवस्थापनतर्फबाट सन्देश, फोनका बावजुद कामदारहरूको समस्याबारे कुरा राख्यो।

अमेजन लेबर युनियनको मजदुर आन्दोलनभित्र सामान्य प्रयोग विपरित रह्यो । युनियनमा नियमित स्टाफ थिएनन्, स्थायी स्टाफलाई तिर्न सक्ने गरी उनीहरुसँग पैसा पनि थिएन । अमेजनको विशाल कानुनी विज्ञको सेनाविरुद्ध लड्न उनीहरुसँग जम्मा एक जना मात्र वकिल थिए। र उनीहरुसँग सम्झौता वार्ताको कुनै अनुभव पनि थिएन। त्यस्तै उनीहरुले श्रम संसारमामा आम परम्पराविपरित प्रर्याप्त युनियन कार्ड नभइ निर्वाचनको लागि आह्वान गरेका थिए।

अमेजन लेबर युनियनले यी कुराले तिनलाई फाईदा गर्ने दावी गर्थे। किनकि संसारभर मालिकहरुले मजदुर युनियनलाई ‘बाह्य तत्व’ देखाउने प्रयास गर्छन्। मालिकहरु कम्पनीबाहिरबाट आउने युनियनले आफ्ना मजदुरलाई उचाल्ने र कामको वातावरण विगार्ने आरोप लगाउँछन्। यो आम प्रोपोगाण्डा भए पनि अमेजन लेबर युनियन बाहिरबाट आएको युनियन नभएर त्यहीका मजदुरबीचको स्वतन्त्र युनियन थियो। युनियनमा जतिसुकै कमीकमजोरी रहे पनि यसलाई स्वीकार्ने वा अस्वीकार गर्ने, वार्ता समिति चुन्नेजस्ता कुराको निर्धारण गर्ने अधिकार कामदारमा निहित थियो। अमेजन लेबर युनियनको स्वतन्त्र चरित्रले त्यहाँका मालिक एउटा ठूलो आरोप लगाउन नसक्ने भए।

अमेजनको बलियो प्रतिरोधका बावजुद असम्भव लाग्ने युद्ध जितेर स्वतन्त्र युनियन गठन गर्ने अमेजन मजदुर युनियनको सफलताले बाइबलमा वर्णित डेभिड गोलियाथबीचको असमान द्वन्द्वमा कमजोर डेभिडले जित हासिल गरेको कथालाई स्मरण गराउँछ। यो ऐतिहासिक जितसँगै अमेजन लेबर युनियनका अघि अर्को चुनौती आएको छ, पहिलो सम्झौता जित्ने। जितपछि अमेजनले जारी गरेको विज्ञप्तिमा भनेएको छ, ‘स्टेटन आइल्याण्डको चुनावको नतिजाबाट निराश छौं किनकि हामी कम्पनी र मजदुरबीचको सिधा सम्बन्धले कर्मचारीहरूलाई बढी फाइदा गर्ने कुरामा विश्वास गर्छौं । हामीहरु आफ्ना विकल्पबारे विचार गरिरहेका छौं। यस निर्वाचनमा नेसलन रिटेल फेडरेसन, युए चेम्बर अफ कमर्शहरुले प्रभाव पारेको कुरामा आपत्ति गर्नेछौं।’

संयुक्त राज्यमा, रोजगारदाताहरुले सम्झौताका लागि हुने वार्तालाई लम्बाउने आम अभ्यास छ। अध्ययनका अनुसार आधाभन्दा कम आधाभन्दा कम यस्तो वार्ताबाट पहिलो पहिलो सम्झौतामा पुग्न एक वर्षसम्म लागेको छ । अमेजन त अमेरिकामा युनियन विरोधको अग्रमोर्चा नै हो । उसले युनियन गठन रोक्न नै त्यति ठूलो संघर्ष गरेबाट पहिलो सम्झौता हुन नदिन धेरै हतकण्डा अपनाउने निश्चित छ । अमेजन र श्रमिकलाई पनि के थाहा छ भने एक स्थानका श्रमिकहरु संगठित भए भने त्यसले अन्यत्रका मजदुरलाई पनि प्रेरित गर्छ। स्टारवक यसको पछिल्लो उदारण बनेको छ।

अमेजन लेबर युनियनको जितपछि समग्र युनियन आन्दोलनले पनि अमेजनभित्रका मजदुरलाई संगठित गर्ने विषयमा आफ्ना धारणाहरू पुनः मूल्याकंन गर्नुपर्ने देखिएको छ । साथै उनीहरुले आफ्नो युनियनको मान्यता र पहिलो सम्झौताका लागि संघर्ष गरिरहेका अमेजन लेबर युनियनप्रति ऐक्यवद्धता जनाएका छन् । अहिले अमेजन लेबर युनियन र अन्य युनियनबीच सम्पर्क त्यति राम्रो छैन। यो रातारात ठिक हुने विषय होइन। तर श्रमिक आन्दोलनको सहकार्यबाट अमेरिकाभर फैलिएका अमेजनका सयौं संयन्त्रमा जित विस्तार सहज हुनेछ।

अमेजनले अमेरिकाभरि १० लाख भन्दा बढी मानिसहरूलाई रोजगारी दिएको छ र अझ यसमा वृद्धि भइरहेको छ। अझ तेस्रो पक्षमार्फत जोडिएर अमेजनको सामान ढुवानी गर्ने गाडी चालक र अन्य श्रमिक पनि कम्पनीसँग अप्रत्यक्ष जोडिएको छैन। अहिले अमेजन अमेरिकाको दोस्रो–सबैभन्दा धेरैलाई रोजगारी दिने नीजि कम्पनी हो।

अमेजन एउटा साम्राज्य हो जसको व्यापक विस्तारको कारण यसले अन्य कयौं उद्योगका कामदारहरुमाथि पनि प्रभाव पार्छ। त्यसबाहेक पन उसका विभिनन शाखाहरु पनि छन्। तिनमा ‘होल फुड्स’ एउटा हो। त्यसभित्रका मजदुरको संगठनको प्रयासलाई अमेजनले आक्रामक रुपमा निगरानी गर्छ । तर निगरानीको बावजुद त्यहाँ संगठित हुने प्रयास सुरु भएको छ। त्यस्तै अर्को शाखा प्रेस अमेजनभित्र पनि मजदुर संगठित हुन थालिसकेका छन्।

अमेजनका उच्चपदस्थ पदमा रहेका कामदारको स्थिति गोदाममा काम गर्ने कामदारभन्दा धेरै राम्रो भए पनि तिनमध्ये केही संगठित हुने प्रयास गर्दा कामबाट निकालिएका घटना बाहिएको छ। कम्पनीको ढुवानी श्रमशक्तिको तलब युनियनमा आबद्ध युपीएसका समकक्षीभन्दा निकै कम छ।

अमेजन गोदाममा चलिरहेको संगठित हुने प्रयास समग्र मजदुर आन्दोलनका लागि अर्थपूर्ण हुन्छ। किनकि अहिले हामी जुन मजदुरहरुको कामलाई निगरानी गर्ने प्रणालीमा छौं त्यो अमेजनले नै सुरु गरेको हो। जेएफके–८ गोदाममा भएको जीतले अबसरको ढोका खोलेको छ।

विगतमा धेरैले अमेजनभित्रका कामदारहरूले यति ठूलो सफलता हासिल गर्न सक्दैनन्, अभियान असफल हुनेछैन र श्रमिक आन्दोलन धेरै, धेरै बलियो नभएसम्म अमेजनमाथि जित हासिल गर्न सकिदैन भन्थे। ती तर्क पनि निराधार भने थिएनन्, तर ती पूर्णतया सही थिएनन्। अमेजन रहेसम्म यसमा काम गर्ने मजदुर संगिठत हुनुपर्छ। योभन्दा अर्को विकल्पमा वहस हुनुहुदैन । यस लक्षमा केही कामदार लागिरहेका छन्। अहिलेको समय उनीहरुबाट सिक्ने बेला आएको छ र यसका लागि उनीहरु सफल हुनु जरुरी छ ।

ज्याकोबिनका लागि एलेक्स प्रेसले तयार पारेको आलेख 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप