उम्मेदवारी फिर्ता लिएपछि बर्दिबासमामा चुनावी समीकरण फेरियो

महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पाटीकै नगरप्रमुख, उपप्रमुख छन् ।
बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पाटीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए । नगरको मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि यी दल समस्यामा परेका थिए । तर, माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिए भने काँग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीले फिर्ता लिएनन् ।
काँग्रेसभित्रै चिरञ्जीवी हमाल पाटीको आधिकारिक उम्मेदवार र प्रल्हाद क्षेत्री बागी उम्मेदवार बनेपछि काँग्रेस कमजोर बनेको छ । बरु अब माओवादी र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएको छ । मगरले उम्मेदवार फिर्ता लिएको केही समय नबित्दै लोसपाले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीसँग गठबन्धन गर्ने निर्णय गरेको छ । यसैका लागि लोसपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका चेतकुमार थापा र उपप्रमुखका लागि उम्मेदवारी दिएका रामगुनकुमारी महतोले फिर्ता गरेका छन् ।
निर्वाचन आयोगवाट घोडा छाप पाएका क्षेत्रीले प्रचारप्रसार गर्ने र सम्भावना रहेका दलसँग गठबन्धन प्रक्रियालाई अगाडि बढाएका छन् । अघिल्लो निर्वाचनमा पनि क्षेत्री नै उम्मेदवार बनेका थिए । झण्डै ११ सय मतले उनी माओवादी केन्द्रसँग पराजित बनेका थिए ।
प्रदेशको चुनावमा पनि क्षेत्री पराजित उम्मेदवार बनेका थिए । प्रदेशमा एमालेबाट सारदादेवी थापाले जित हासिल गरेकी थिइन् । जिल्लामा ७२० पदका लागि ४२ सयभन्दा बढी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी