शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रिमझिम’ मा विक्रमलाई दीपिकाले दिइन् धोका

आइतबार, १८ वैशाख २०७९, ११ : ३०
आइतबार, १८ वैशाख २०७९

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ बोलको गीत सार्वजनिक गरिएको छ ।  निर्देशक बोहोराकै शब्द, अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा रहेको हृदयस्पर्शी गीतमा फिल्मका प्रमुख अभिनेता विक्रम डी जोशी र दीपिका प्रसाईंको अभिनय छ ।

गत चैत्र १८ गते देशभरका हलमा रिलिज भएको फिल्म अब अमेरिका, युके, जापान, अष्ट्रेलिया लगायतका थुप्रै देशमा प्रदर्शन हुने तयारीमा छ । युकेका विभिन्न रमणीय स्थानमा खिचिएको गीतमा फिल्मका प्रमुख पात्र अभिनेता बिक्रमले गरेको प्रेम, पाएको धोका, घात र अनौठो परिस्थितिलाई सस्पेन्स तवरले प्रस्तुत गरिएको देखिन्छ ।

गीतकार तथा निर्देशक बोहराले ‘रिमझिम रिमझिम’ लाई आफूले लेखेका अहिलेसम्मका गीत मध्ये सर्वोत्कृष्ट भएको दावी गरेका छन् । उनले यसअघि लेखेका ‘कान्छा’ फिल्मको ‘हजुर इजाजत भए’, ‘ठूली’ को ‘म त मर्छु की क्या हो ठूली’, ‘भैरे’ को ‘सनम माया लाको’,‘हेलो जिन्दगी’ को ‘कता कता’ लगायतका बोलका गीत चर्चित छन् । फिल्ममा कथाको बहावसँगै आउने ‘रिमझिम’ ले दर्शकको मन छुने विश्वास उनको छ ।
 
सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डी जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस् सँगको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र विक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् ।  फिल्ममा विक्रम र दिपीकाका साथमा प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप