स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लव नेतृत्वको नेकपाको अपिल
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् ।
स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।
अपिलमा भनिएको छ, ‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गैरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ । यही नीतिअनुसार २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य कयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।’
यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।
यस्तो छ नेकपाको अपिल :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण