आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा २ सय ७ जना उम्मेदवार

आइतबार, १८ वैशाख २०७९, १० : ५०
आइतबार, १८ वैशाख २०७९

स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो ।

चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।

२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २५ जना, चामे गाउँपालिकामा ४२ जनाको उम्मेदवारी परेको छ । नासों गाउँपालिकामा ६७ जनाको उम्मेदवारी परेको छ भने ङिस्याङ गाउँपालिकामा ७३ जनाको उम्मेदवारी परेको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको एकल उम्मेदवारी परेको छ । निर्विरोध लामा यसअघि वडा नं। २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उनले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामा र स्वतन्त्र उम्मेदवार कृष्ण लामाले पनि उम्मेदवारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप