शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिकका लागि अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य हो: शर्मा

आइतबार, १८ वैशाख २०७९, १० : १२
आइतबार, १८ वैशाख २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौँला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले आज मनाइँदै गरिएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै श्रमिकहरूलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । साथै, श्रम अधिकार सुनिश्चितताको लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने नाराका साथ उठाइएको सङ्घर्षबाट प्राप्त अधिकार उपयोग गर्ने दिनका रूपमा आजको दिनलाई श्रमिक दिवस भनेर  स्मरण गर्ने गरिएको शर्माले बताएका छन् । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको प्रष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप