सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

छैटौँ संस्करणको एनभीए भलिबल लिग आजबाट

आइतबार, १८ वैशाख २०७९, ०९ : १६
आइतबार, १८ वैशाख २०७९

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार­)बाट सुरु हुँदैछ  । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ ।

संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स प्रतिस्पर्धा गर्नेछन् ।

त्रिभुवन आर्मी क्लब र एपीएफबीचको तेस्रो खेल दिउँसो २ बजे सुरु हुनेछ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन्  । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप