आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनका उम्मेदवारलाई विजयी गराई समाजवादको आधार तयार गर्नु श्रमजीविको मुख्य कार्यभार : प्रचण्ड

आइतबार, १८ वैशाख २०७९, ०७ : ३८
आइतबार, १८ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली श्रमजीवीको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको संघारमा रहेकाे बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, 'आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवं श्रमजीवी उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।' 

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन पनि उनले श्रमजीवी, कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह गरेका छन् । 'संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु,' उनले भनेका छन् ।

प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवं श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेकाे बताएका छन् । 'जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनहरूमा ग्रामीण क्षेत्रका किसान र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,' उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप