भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
आइतबार, १८ वैशाख २०७९, ०७ : ३३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सात पुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,' उनले भने । स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।
'देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्रलाई माओवादीमा हैसियतभन्दा बढी ‘स्पेस’
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गरिने
-
संस्थागत विद्यालयसमेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह
-
जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखको फराकिलो जित
-
ट्याक्सीमा नयाँ मापदण्ड: एक हजार सीसीभन्दा बढी क्षमताका मात्रै दर्ता हुने