भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
आइतबार, १८ वैशाख २०७९, ०७ : ३३
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सात पुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,' उनले भने । स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।
'देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण