पूरा भयो नदेखेको सपना
![पूरा भयो नदेखेको सपना](https://rpcdn.ratopati.com/media/albums/Untitled-1_3YjKhWDkoM.jpg)
“गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद लम्सालले भने । गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी चल्यो । २०५० सालबाटै बिजुली बले पनि अस्पताल बन्ला भनेर सपनामा नसोचेको लम्सालले भने ।
“अनमी र सीएमएलाई डाक्टर मानेर उपचार गराउँदै आएका हामीले गाउँमा सुविधासम्पन्न अस्पताल बन्ने कुनै सपना नै देखेका थिएनौँ,” लम्सालले थप्पे, “सङ्घीयताले त नदेखेको सपना पनि पूरा गरायो ।” ४० वर्ष शिक्षण पेसामा रहेर निवृत्त जीवनमा रहेका यज्ञप्रसाद सापकोटाले गाउँमा अस्पताल बनेपछि आश्चर्य भएको बताए ।
“सुरुवाती दिनमा बोराको स्ट्रेचर बनाएर बनेपासम्म बिरामी बोकेर लैजाने बाध्यता थियो । अब गाउँकै अस्पतालमा उपचार गराउन पाउने भइयो,” सापकोटाले थपे । “औषधि किन्न पनि धुलिखेल र काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको मजस्ता दीर्घरोगीले गाउँमै सेवा पाउने भएपछि असाध्यै खुसी भएका छौँ,” उनले भने ।
विक्रम संवत् २०२७ सालतिर सेनामा प्राथमिक उपचार गराउने तालिम पाएका कम्पाउन्डर कमलप्रसाद दाहालले हिगुवापाटीको पाटीमा बसेर मण्डनदेउपुरमा स्वास्थ्य सेवा सुरुवात गरेका थिए ।
त्यो बेला गाउँमा अस्पताल बन्ला भनेर कसैले सपनासमेत देखेको थिएन ।“घाउ–खटिराको चिरफार गरिदिने र काटेको ठाउँमा रगत रोकिदिने काम उहाँले धेरै गर्नुभयो,” लम्सालले भने । रगत रोकिदिने उपचारबाट सुरु भएको गाउँमा ५१ वर्षपछि अस्पताल बनेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या