आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चीनमा भवन भत्किँदा दर्जनौँ च्यापिए

शनिबार, १७ वैशाख २०७९, २३ : १६
शनिबार, १७ वैशाख २०७९

चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।   देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् । 
भत्किएको आठ तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए ।

“भत्किएको भवन भित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरुले अथक मेहनेत गर्नुभएको छ,” मेयर जियाङ्छीले भने। 

च्यापिएको ठाउँबाट पाँच जनालाई उद्धार गरिसकिएको र अहिलेसम्म मृत अवस्थाको कोही नभेटिएको पनि उनले जानकारी दिए ।

“अहिलेसम्म मृत्यु भएको कोही भेटिएको छैन, पाँच जनालाई जीवितै उद्धार गरिएको छ, आशा गरौँ अरु च्यापिएकोलाई पनि जीवितै उद्धार गर्न सकिने छ,” उनले भने। –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप