काँग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए
नेपाली काँग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । काँग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा आज २४ सदस्य थप गरेको हो ।
उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन सुनसरी, खिमानसिंह रायमाझी प्यूठान, प्रकाश महर्जन काठमाडौँ, सन्तोष पाण्डे दोलखा र राजाराम पुडासैनी काठमाडौँ रहेका छन् ।
यसैगरी, भोला नेपाल काभ्रेपलाञ्चोक, उद्धव खड्का भक्तपुर, शालिकराम खनाल नुवाकोट, शिव सुनार सिन्धुपाल्चोक, लेखनाथ पोखरेल अर्घाखाँची, सागर परियार बागलुङ, प्रदीप सत्याल काभ्रेपलाञ्चोक, नजवुल खाँन उदयपुर, विजय डालमिया झापा र सुरेश थापामगर स्याङ्जालाई सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीका उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यसअघि पार्टी केन्द्रीय सदस्य खतिवडाको संयोजकत्वमा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’