मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा स्वतन्त्र उम्मेदवारहरूले पाए यस्ता चुनाव चिन्ह

शनिबार, १७ वैशाख २०७९, २२ : ३९
शनिबार, १७ वैशाख २०७९

जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिनेहरुले चुनाव चिन्ह पाएका छन् । शनिबार जनकपुरधाम उपमहानगरपालिकाका लागि बागी तथा स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले चुनाव चिन्ह दिएको हो । 
नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मनोजकुमार साहले घण्टाघर चुनाव चिन्ह पाएका छन् । त्यस्तै निर्माण व्यवसायी बलराम महतोले चुनावी चिन्ह आम (आँप) छाप पाएका छन् ।

उता, एमालेमा सर्तअनुसार प्रवेश गरेको करिब एक साता नबित्दै एमालेले मेयर पदको टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहले  लालटिन चुनाव चिन्ह पाएका छन् । 

त्यस्तै काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको उप मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी निर्मल चौधरीले चुनाव चिन्ह आम (आँप) छाप पाएका छन् ।

उता, नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका उमेश चौधरीले चुनाव चिन्ह ब्याडमिन्टनको कर्क पाएका छन् ।

एमाले परित्याग गर्दै नेता चौधरीले उपमेयर पदमा उम्मेदवारी दिएका छन् । चुनाव चिन्ह पाएपछि स्वतन्त्र उम्मेदवारहरूले आइतबार देखि चुनावी प्रचारप्रसारलाई तिव्रता दिने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप