बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टीद्वारा जनकपुरधाम उपमहानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक

शनिबार, १७ वैशाख २०७९, २२ : २५
शनिबार, १७ वैशाख २०७९

सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधामस्थित जनमत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । सो पार्टीबाट जनकपुरधामको मेयरकी उम्मेदवार रहेकी पार्टीकी केन्द्रीय सहसचिव अनितादेवी साहले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो घोषणापत्रमा फोहरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेकी छन् । घोषणापत्रमा जनकपुरभित्रको सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा, सम्पतिको संरक्षण, आन्तरिक राजस्व चुहावटको रोकथाम तथा आयको वृद्धि सुनिश्चित, आँगनमा नगरपालिका, मोबाइलबाट काम, भ्रष्टाचार सफाई, घुस लिनेलाई कारबाही, तपाइँको स्वास्थ्य नगरको जिम्मेवारी, अभिभावकको साझेदारीमा शिक्षाको उन्नती लगायतका एजेण्डा समावेश रहेका छन् ।

पत्रकार सम्मेलनमा जनमत पार्टीका नेता डा.श्यामबाबु महतो, शम्भुनाथ साह र जनकपुरका उपमेयरका उम्मेदवार सन्तोष साहको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप