रियललाई ला लिगा उपाधि

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल चार खेल अगावै लिग च्याम्पियन भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोर्डिगोले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सीयो र करिम बोन्जिमाले एक–एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा रोर्डिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोर्डिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ५५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३–० गोलको अग्रता दिलाए ।
बोन्जिमाले ८१ औं मिनेटमा गोल गर्दै रियललाई सहज जितसँगै उपाधि जिताए । रियलले लिगमा ३४ खेलबाट ६४ अंक जोड्दै ४ खेल अगावै लिगको उपाधि जित्यो । समान खेल खेलेको सेभिया ६४ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १३ औं स्थानमा छ । रियलले ३५ औं पटक ला लिगा फुटबलको उपाधि जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई