मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा

शनिबार, १७ वैशाख २०७९, २१ : २७
शनिबार, १७ वैशाख २०७९

नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिएका हुन् ।

पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् । त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा हुने जारी सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप