शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी र प्युठानमा एमाले-माओवादीबीच तालमेल

शनिबार, १७ वैशाख २०७९, २० : ३२
शनिबार, १७ वैशाख २०७९

लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूको एमालेसँग तालमेल नगर्ने सहमति भएपनि लुम्बिनी प्रदेशका गुल्मी र प्युठान जिल्लाका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको हो । 

प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् ।  झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेले पाँचवटा वडामा समेत भागवण्डा गरेका छन् ।

त्यस्तै गुल्मीको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोख्रेल र उपाध्यक्षमा एमालेकी सीता गिरीले उम्मेदवारी दिएका छन् । धुर्कोटमा काँग्रेस र एकीकृत समाजवादीले पनि तालमेल गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा काँग्रेसका महेन्द्र भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीकी कमला सुनारले उम्मेदवारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप