जुडो : एकै परिवारका तीन खेलाडी छनोट
जुडोमा १४–१४ पुरुष/महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पहिलो र दोश्रो भएका खेलाडीलाई प्रारम्भिक छनोट गरिएको हो ।
पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता नियोग (पाम) का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ, ७३ केजी मुनि प्रहरीका सन्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि नेपाल आर्मी जंगबहादुर सारु र कैलालीका योगेन्द्र विष्ट, ९० केजीमुनि प्रहरीका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजी मुनि रमेशबहादुर चन्द र पर्साका हिमांशु गुप्ता तथा १०० केजीमाथि प्रहरीका राजन जोशी र रन्जेश गोले छनोट भए ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको महिला ४८ केजीमुनि आर्मी र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकीमाया श्रेष्ठ र एपीएफकी रत्ना तामाङ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आले मगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपीएफकी देवीका खड्का, ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र प्रहरीकी निशा चौधरी, ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरका अस्मिता गोले छानिए । इन्द्र, देवकी र निशा सहोदार दाइ बहिनी हुन् । जुडो संघले आयोजना गरेको एकदिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या