शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरातसँग बैंगलोर पराजित

शनिबार, १७ वैशाख २०७९, १९ : ५८
शनिबार, १७ वैशाख २०७९

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रियिमर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्ससँग पराजित छ । शनिबार भएको खेलमा बैगलोर गुजरातसँग ६ विकेटले पराजित भएको हो । मुम्बईमा बैंगलोरले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।

गुजरातका लागि राहुल तेवातियाले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३९ रन बनाउँदा सुभमन गिलले ३१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि साहबाज अहमेद र वानिन्दु हर्शरङगाले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

बैंगलोरका लागि विराट कोहली र रजत पाटिदारले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका कोहलीले ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । त्यस्तै ३२ बल खेलेका पाटिदारले ५ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३३ रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि प्रदीप सनग्वानले दुई विकेट लिए । त्यस्तै मोहम्द श्वामी, अल्जारी जोसेफ, राशिद खान र लकी फग्र्युसनले एक–एक विकेट लिए ।

जितसँगै गुजरात ९ खेलबाट १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित बैंगलोर १० खेलबाट १० अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप