बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

शनिबार, १७ वैशाख २०७९, १८ : १२
शनिबार, १७ वैशाख २०७९

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट–३ शीतल बजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप