शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यदि बच्चाले गल्ती गरेका छन् भने गाली नगर्नुहोस्, यी ६ तरिकाले सम्झाउनुहोस्

शनिबार, १७ वैशाख २०७९, १५ : २८
शनिबार, १७ वैशाख २०७९

गल्ती जोबाट पनि हुनसक्छ, चाहे बच्चा हुन् वा ठूला । तर बच्चालाई उनीहरुले गरेको गल्तीमा गाली भने गर्नुहुँदैन । उनीहरुले आफ्नो गल्ती महसुस गराउनुपर्छ तर भिन्न तरिकाले । बच्चालाई उनीहरुको आत्मविश्वास कायम राख्नेगरी र आफ्नो गल्तीले पाठ सिक्नेगरी सम्झाउनुपर्छ । बच्चाबाट गल्ती हुनु निकै साधारण कुरा हो । यदि तपाईंको घरमा बच्चा छन् भने तपाईंलाई यो कुरा अनुभव भएको हुनसक्छ र यो कुरा तपाईंले बुझ्न पनि सक्नुपर्छ । कतिपटक हामीले बच्चाले एउटै गल्ती दोहोराइराख्दा हामीलाई रिस पनि उठ्न सक्छ र उनीहरुलाई कसरी सिकाउने होला भनेर चिन्तित पनि हुन सक्नुहोला । यद्यपि, तपाईं यसमा धैर्यवान हुनुपर्छ किनभने बदमासी पनि बाल्यकालको एउटा हिस्सा नै हो । तपाईं जसरी आफ्नो बच्चाको गल्तीमा प्रतिक्रिया दिनुहुन्छ र त्यसको नतिजा देखेर तपाईं हैरान पनि भएको हुनुपर्छ किनभने बच्चा प्रेम र आरामपूर्वक गरिएको कुरा मात्रै मान्छन् ।

१. आफ्नो बच्चाको प्रतिक्रिया हेर्नुहोस्ः

यदि तपाईंको बच्चा फेल भएका छन् वा उनले केही बिगारेका छन् भने तपाईंले उनको प्रतिक्रिया कस्तो छ भनेर याद गर्नुपर्छ । के उनी यो कुरामा खुसी छन् ? के यस्तो हुँदा उनी आफैँ दुःखी भएर वा रिसाएर बसेका छन् । यदि बच्चाबाट केही कुरा अञ्जानमा भएको छ भने तपाईंले यो भावनालाई उनीहरुको मनबाट निकाल्न सहयोग गर्नुपर्छ ।

२. भविष्यमा ध्यान दिनुहोस्ः

बच्चालाई बारम्बार गल्ती याद दिलाउनु र त्यसबारे कुरा गरिरहनुभन्दा अर्को पटक उनले कस्तो तरिकाले सामना गर्नुपर्छ भनेर सिकाउनुहोस् । आफ्नो बच्चालाई गल्तीबाट सिकिन्छ भन्ने कुरा सिकाउनुहोस् । यो गल्ती बच्चालाई भविष्यमा काम पनि लाग्न सक्छ र जे जति भयो त्यसलाई पछि कसरी राम्रोसँग गर्न सकिन्छ भनेर सिकाउनुहोस् ।

३. बच्चामाथि निगरानी राख्नुहोस्ः

तपाईंको बच्चाले जे जति गल्ती गरेका छन्, त्यसमा तपाईंले कस्ता खालका प्रतिक्रिया दिइरहनुभएको छ भन्ने कुरालाई पनि ध्यानमा राख्नुहोस् । तपाईंलाई आफू बच्चाका लागि असाध्यै सपोर्टिभ छु जस्तो लाग्छ ? बच्चाले जे गल्ती गरेका छन्, त्यसबारे उसलाई जानकारी त दिनुहोस् तर लज्जित नबनाउनुहोस् । के तपाईंलाई निकै रिल्याक्स र शान्त भएर बच्चासँग कुरा गरिरहनुभएको छ ? आफ्नो बच्चाका लागि प्रेरक बन्नुहोस्, भविष्यका लागि बच्चाको हौसला बढाउन पनि तपाईंले यस्तो कुरामा ध्यान दिनुपर्छ ।

४. आफ्नो बच्चामाथि दया र अफसोस नजताउनुहोस्ः

यदि तपाईं आफ्नो बच्चाको सहारा हुनुहुन्छ भने तपाईंले उनका लागि दया र अफसोसजस्ता भावना जागृत नगराउनुहोस् । यस्तो गर्दा यो काम गर्नमा बच्चाले आफू सक्षम छैन भनेर बुझ्छ । ‘अर्कोपटक तिमीबाट यस्तो केही पनि नहोस्, यसका लागि अफसोस छ,’ जस्ता शब्द प्रयोग गर्नुको साटो ‘जुन कारणले भएन, त्यो कारण खोज’, ‘अर्को पटक अझै मिहिनेत गर ’ जस्ता शब्द प्रयोग गर्न सक्नुहुन्छ ।

५. नतिजाभन्दा तरिकाको तारिफ गर्नुहोस्ः

यदि तपाईंको बच्चा कुनै कुरामा फेल भएको छ भने यो प्रक्रियामा उसले आफ्नो सहपाठीसँग कति मज्जा गरे, कति याद बनाए र कति खुसी भएका थिए, यो कुरा स्मरण गराउनुहोस् । यसो गरेर तपाईंले बच्चालाई हारमा पनि केही हासिल गरेको छ है भन्ने महसुस गराउनुहुनेछ ।

६. उनीसँग केही क्रियाकलाप गर्नुहोस्ः

यदि तपाईंको बच्चा यो उदासीबाट बाहिर आउन सकिरहेका छैनन् भने तपाईंले उनीसँग मिलेर केही क्रियाकलाप गर्नुपर्छ । यसले बच्चाले बुझ्नेछन् कि तपाईंलाई यो कुराले निराश बनाएको छैन । यसो गर्दा तपाईंको बच्चा तपाईंसँग घुलमिल पनि हुने गर्छन् ।

तपाईंको प्रतिक्रियाले बच्चामाथि प्रत्यक्ष असर पार्छ । यदि तपाईंको प्रतिक्रिया सकारात्मक र उत्साहवर्धक हुन्छ भने यसले बच्चालाई भविष्यमा निकै सहयोग पुर्याउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप