बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते २० प्रतिशत छुट
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।
साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी यो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको बिक्री पनि सञ्चालन हुने बताइएको छ ।
साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडेर डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीको छ । साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिज बजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत दिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
-
विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा