शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नवलपुरमा वडाअध्यक्षका उम्मेदवारको घरमा आगजनी, राप्रपाद्वारा निन्दा

शनिबार, १७ वैशाख २०७९, १३ : ४१
शनिबार, १७ वैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुर जिल्लाको कावासोतीमा वडाअध्यक्षको घरमा भएको आगजनीको निन्दा गरेको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गरी घटनाको निन्दा एवम् भर्त्सना गरेका हुन् । 

प्रवक्ता श्रेष्ठले  घटनाको तत्काल सत्य, तथ्य छानविन गरी  दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन  सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । 

केही दिनअघि जिल्लाको कावासोती नगरपालिका १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घरमा अज्ञात समूहले आगजनी गरेको थियो । भट्टको घरसँगै राप्रपाको  वडा कार्यालयमा पनि आगजनी भएको सो पार्टीले जनाएको छ । 
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप