अर्को सातादेखि देशभरको इन्टरनेट अवरुद्ध हुने चेतावनी
![अर्को सातादेखि देशभरको इन्टरनेट अवरुद्ध हुने चेतावनी](https://rpcdn.ratopati.com/media/albums/internet-speed-test_7k6sFR7vKp.jpg)
इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् । सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ ।’ लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने बताइएको छ ।
मन्त्रालयले विदेशी मुद्रामा भारतीय इन्टरनेट प्रोभाइडरलाई भुक्तानी रोकेको विरोधमा यही वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागि नहुने इन्टरनेट व्यवसायीले घोषणा गरेका छन् । यही वैशाख १४ गते बसेको कार्यसमिति बैठकले दिवसलाई पूर्ण रूपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
इन्टरनेट सर्भिस प्रोभाइडर नेपालका अध्यक्ष सुधीर पराजुलीले सूचना प्रविधि दिवसमा सहभागी नबन्ने, प्रायोजक र आयोजक नबन्ने र कुनै पनि सहयोग नगर्ने निर्णय गरेको जानकारी दिए । सरकारले इन्टरनेट व्यवसायको समस्या समाधान गर्नतर्फ ध्यान नदिँदा थप समस्या भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।
आगामी सातादेखि इन्टरनेटसहित टिभी सेवा प्रदायकहरूको सेवा पनि रोकिन सक्ने बताइएको छ । विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेकाले टिभी सेवा पनि बन्द हुने स्थिति आउन सक्ने एसोसिएसनले बताएको छ । यसका साथै, विद्युतीय पोल प्रयोग तथा सोको भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले प्रतिवेदन तयार पारेको छ । जसको कार्यान्वयन नहुँदा इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएको तार काट्ने, संरचना एवं पूर्वाधार प्रभावित बनाउने लगायतका काम भइरहेको समेत बताइएको छ । यीसहित अन्य कारणले यस वर्षको सूचना तथा प्रविधि दिवसमा सहभागी नबन्ने निर्णय गरेको पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर
-
देउवा र ओली मध्यरातमा पुगे शीतल निवास
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा
-
रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते