शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायी शेर्पा सम्मानित

शनिबार, १७ वैशाख २०७९, १२ : ३०
शनिबार, १७ वैशाख २०७९

नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावाङिमा शेपालाई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रूपमा नियुक्त गरेको छ । कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।

कोरियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामा उनको सरकारले नेपालको लियजन अफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि शेर्पालाई यो प्रमाणपत्र दिइएको हो । सियोलमा आयोजित कार्यक्रममा कोरियन अल्पाइन फेडरेशनका अध्यक्ष डा. सोन जुङ होले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा शेर्पा दम्पति ङावाङिमा शेर्पा र राजेश्वरी शेपालाई सम्मान गरिएको थियो । सन् १९९५ देखि कोरियन पर्यटक तथा पर्वतारोहीसँग काम गर्दै आएका शेर्पा अब नेपालस्थित सम्पर्क कार्यालयको अध्यक्षको हैसियतमा कोरियाबाट नेपाल आउने पर्वतारोहीहरूको समन्वय र सम्पर्क लगायतको जिम्मेवारी बहन गर्नेछन् ।

सम्मानपछि प्रतिक्रिया दिँदै शेर्पाले कोरियन सरकारबाट प्राप्त यो जिम्मेवारी र सम्मान सम्पूर्ण नेपाल र नेपाली प्रति गरिएको सम्मान भएको बताएका छन् । उनले नेपालमा कोरियन पर्यटक भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताएका छन् । शेर्पालाई कोरियन नागरिकलाई नेपालमा सेवा र सहयोग गरेकोमा उत्कृष्ट कार्य सम्पादन बापत कोरियाको देइजोन नगरपालिकाले सफल कार्य सम्पादन सम्मान २०१८ बाट सम्मान गरेको थियो ।

अल्पाइन फेडेरेशनको नेपाल स्थित लियजन अफिसको अध्यक्षका रूपमा शेर्पाले अध्यक्षका रूपमा रहँदा कोरियाबाट आउने आरोहीहरूसँग सम्पर्क तथा समन्वय गर्नेछन् । हिमाल चढ्न जाने आरोहीले पनि यहीँबाट अनुमति लिएर अन्य प्रक्रिया सुरु हुनेछ । यस्तै नेपालबाट खेलकुदका कार्यक्रम लिएर नेपाली टोली कोरिया जाने क्रममा पनि सोही कार्यालयमा समन्वय गर्नुपर्ने शेर्पाले जानकारी दिए । कोरियन अल्पाइन फेडरेशनले कोरिया सरकारको खेलकुद र पर्वतारोहण सम्बन्धी अधिकांश कामको अनुमति दिने सरकारी एजेन्सीका रूपमा काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप