बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध

शनिबार, १७ वैशाख २०७९, १२ : १५
शनिबार, १७ वैशाख २०७९

ललितपुर महानगरपालिकामा एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध निर्वाचित भएकी हुन् । यद्यपि यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुने भएको छ ।

एक्लो उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा अन्य पार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।  सोही वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप