आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई १०३ बर्षिया ‘आमा’ले दिइन् यस्तो आशीर्वाद !

बिहीबार, १४ मङ्सिर २०७४, २० : ४५
बिहीबार, १४ मङ्सिर २०७४

भरतपुर – चितवन–३ को निर्वाचन मैदानमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई १ सय ३ बर्षिया वृद्धा आमाले बिजयको शुभकामनासहित आशिर्वाद दिएकी छन् । 
बिहिबार चितवनको भरपुर महानगरपालिका–२१ स्थित पार्वतिपुरमा १ सय ३ वर्षिया बिवा ढकालले प्रचण्डलाई बिजयको शुभकामना दिँदै जेष्ठ नागरिकहरुको पक्षमा काम गर्न आग्रह गरिन् । ‘तपाईबाट देशले आशा गरेको छ’ प्रचण्डलाई आशिर्वाद दिँदै उनले भनिन्, ‘हामी जेष्ठ नागरिकहरुलाई पनि हेर्नु !’


पार्वतिपुरका जेष्ठ नागरिकहरुले संगठित रुपमा आफ्नो समुह नै बनाएका छन् । ‘सक्रिय जेष्ठ नागरीक समाज’ गठन गरेर जेष्ठ नागरिकहरुका लागि भवन निर्माण समेत गरिरहेका उनिहरुले माओवादी अध्यक्ष प्रचण्डलाई मागपत्र समेत पेश गरेका छन् । समाजकोतर्फबाट बिवा ढकालले अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाईन् । 
ज्ञापन पत्र बुझेसँगै प्रचण्डले जेष्ठ नागरिकलाई दिईने सामाजिक सुरक्षा भत्ता बढाउँदै राज्यकातर्फबाट उचित सम्मान गरिने बताए । 
     

  आफू पढेको स्कुलमा प्रचण्ड 


बिहिबार बिहानैदेखि माओवादी अध्यक्ष प्रचण्ड भरतपुर महानगरपालिकास्थित वडा नम्बर १६, १५, १४ र २१ का विभिन्न कोणसभाहरुमा भोट माग्दै थिए । वडा नम्बर–१४ मा आयोतिज कोणसभालाई संवोधन गरेपछि उनको कार्गेड एउटा स्कुलमा पुग्यो । स्कुलको मुल गेटमा लेखिएको थियो, ‘नारायणी विद्यामन्दिर मा वि ’ यो पुष्पकमल दाहाल ‘प्रचण्ड’ पढेको स्कुल हो ! 


प्रचण्डले २०२७ सालमा सोही स्कुलबाट एसएलसी पास गरेका थिए । बिहीबार मध्यन्ह उक्त विद्यालयमा अघिपछि शुरक्षाकर्मीबाट घेरिएर त्यहाँ पुग्दा उनको स्वगतका लागि विद्यार्थी र शिक्षकहरु आतुर देखिन्थे । ‘यहाँ आएपछि बचपनका यादहरु, जिवनका उकाली–ओराली ताजा भएर आउँछ’ उनले भने, ‘यहिँ पढेर दुई पटकसम्म मुलुकको प्रधानमन्त्री भएँ, यहाँका विद्यार्थी भाई–बैनिहरुको मुहारमा चमक देख्दा मलाई नयाँ उर्जा प्राप्त हुन्छ !’ 
   

देउवा सरकार ढाल्न सक्थेँ !


यसैबीच भरतपुर महानगरपालिका–१५ फुलबारीमा आयोजित चुनावी कोणसभामा प्रचण्डले राजनीतिक बेईमानी गर्न नचाहेर आफुले कांग्रेस सभापति देउवालाई अप्ठेरो नपारेको बताए । ‘त्यतिवेला संसद थियो, निहुँ खोजेको भए देउवाको सरकार ढाल्न सक्थेँ’ उनले भने, ‘कांग्रेस सभापति र मेरो बीचको समझदारीको सम्मान गर्दै उनलाई (शेरबहादुर देउवा) लाई निर्वाचन गराउन दिईएको हो ।’ 


बाम तालमेलको निर्णय भैसकेपछि एमाले अध्यक्ष ओली र आफ्नो बीचमा भएको सल्लाह अनुसार नै शेरबहादुर देउवालाई चुनावी सरकार चलाउन दिईएको उनले खुलासा गरे । कांग्रेस सभापति देउवालाई निषेधको राजनीति नगर्न आग्रह गर्दै उनले प्रश्न गरे, ‘बिजय गच्छेदार कांग्रेसमा फर्किदाँ मैले दुवैलाई बधाई दिएको थिएँ, तर, अहिले हलो पनि मिलाएपछि तपाई कता जान लाग्नुभो ?’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप