चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।
चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन् । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र) बाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेका छन् ।
यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी दिए । चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो । अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा रहेका छन् । काठमाडौँ जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल