शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र जिम्बावे‘ए’ बीचको खेल प्रभावित

शनिबार, १७ वैशाख २०७९, ०९ : ४९
शनिबार, १७ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा प्रभावित बनेको छ ।  खेल टस हुनु अगावै भारी वर्षा भएपछि रोकिएको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।​ जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप