शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतको न्यून चापीय प्रणालीको प्रभावले मेघ गर्जन र चट्याङसहित वर्षा

शनिबार, १७ वैशाख २०७९, ०६ : २०
शनिबार, १७ वैशाख २०७९

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम आंशिक बदली रहेको  छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

शनिबार देशको  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

यता, आइतबार देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,  मधेस प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप