आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा सहभागी कुन दलका उम्मेदवार कति ? (सूचीसहित)

शुक्रबार, १६ वैशाख २०७९, २२ : ५५
शुक्रबार, १६ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । 

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उम्मेदवारको संख्या 
स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार एमालेले पुरुष १९४९९ र महिला १४००४ जना गरी ३३ हजार  ५०३ जना उम्मेदवार उठाएको हो । जसमध्ये  एमालेले नगर प्रमुखमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार उठाएको छ । त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना उम्मेदवार उठाएको छ ।

त्यसैगरी एमालेले गाउँपालिका उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,४०५ जना पुरुष र ११८ जना महिला गरी ६५२३ जनालाई उम्मेदवार बनाएको छ । त्यस्तै वडा सदस्यमा १२३५० पुरुष र ५४१ जना महिला गरी १२८९१ जना उम्मेदवार एमालेले निर्वाचनमा उठाएको छ । 

काँग्रेसका उम्मेदवार कति ? 
त्यस्तै नेपाली काँग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ ।  आयोगको तथ्यांकअनुसार काँग्रेसले पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको हो । जसमध्ये  काँग्रेसले नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।

त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यसैगरी काँग्रेसले गाउँपालिका उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,०६२ जना पुरुष र ८० जना महिला गरी ६१४२ जनालाई उम्मेदवार बनाएको छ । 

यस्तो छ माओवादी केन्द्रका उम्मेदवारको संख्या 

माओवादी केन्द्रले सबै पदमा गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । तथ्यांकअनुसार माओवादीले पुरुष १३३०२ र महिला ८९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको हो । जसमध्ये माओवादीले नगर प्रमुखमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार उठाएको छ ।

त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना उम्मेदवार उठाएको छ । त्यसैगरी माओवादीले गाउँपालिका उपाध्यक्षमा ११५ जना पुरुष र २०० जना महिला गरी ३१५ जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा पुरुष र महिला गरी ४४४९ जनालाई उम्मेदवार बनाएको छ । 

देशभर स्वतन्त्र उम्मेदवार १२ हजार ७८९ जना

स्थानीय तह निर्वाचनका लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ लाख ५३ हजार २ सय २० जनाको उम्मेदवारी पर्दा स्वतन्त्रबाट मात्रै १२ हजार ७८९ जनाको उम्मेदवारी परेको हो । वैशाख ३० गते ३५ हजार २२१ पदका लागि स्थानीय तहको निर्वाचन हुँदैछ ।
 कुन दलले कति उम्मेदवार उठाए तलको तालिका हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप