विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान पोखरेलको निर्देशन
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उनले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताए ।
स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उनले एमालेको एउटै उद्देश्य देश बनाउने र त्यसका लागि चुनावमा विजयी हासिल गर्ने भएको बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकाले अपूरा कामलाई पूरा गर्नका लागि पुनः निर्वाचनमा आएको बताए । घोराहीमा पाँच वर्षे कार्यकालमा नमूना काम गरेको र अब नागरिकलाई आर्थिकरूपमा सम्पन्न गर्ने योजनाका साथ आएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !