कोरोनाविरुद्धको खोप लगाउनेको संख्या फेरि बढ्न थाल्यो
केही दिन यता कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि देखिएको छ । कोरोना संक्रमणको तेस्रो लहरमा खोप लगाउनेको संख्या उल्लेख्य रहे पनि केहीअघि खोप अभियान सुस्त देखिएको थियो ।
भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै नेपालमा कोरोनाभाइरस विरुद्धको खोप लगाउने दर बढेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो २४ घण्टामा दुई लाख ९० हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
वैशाख १५ गते अर्थात् बिहीबार १ लाख २५ हजार ४३ जनाले खोप लगाएका थिए भने बुधबार १ लाख २३ हजार ५९० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, मंगलबार ८६ हजार १३६ जनाले खोप लगाएका थिए भने सोमबार १ लाख २३ हजार २१० जनाले खोप लगाएका थिए । आइतबार भने ४८ हजार ९४ जनाले खोप लगाएका थिए । गत शनिबार ४८ हजार ७८०, शुक्रबार १ एक लाख २९ हजार ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा कोरोना संक्रमितको सङ्ख्या कम भएसँगै चैत महिनादेखि नै खोप लगाउने दर कम भएको थियो ।
मन्त्रालयले खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आग्रह गर्दै आइरहेको छ । नेपालमा खोप अभियान सुरु भएको १५ महिनाको अवधिमा कुल जसङ्ख्यामध्ये एक करोड ९५ लाख ७४ हजार ८९४ जनाले पूर्णमात्रा खोप लगाएका छन् । यस्तै, दुई करोड २२ लाख ५४ हजार २६८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरस विरुद्धको खोपको बुस्टर डोज ३२ लाखभन्दा बढीले लगाइसकेका छन् । हालसम्म ३२ लाख ८३ हजार ७६४ जनाले बुस्टर डोज लगाइसकेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका सबैलाई बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती