शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसका ३१ हजार ४२५ उम्मेदवार, कुन पदमा कति ? (सूची)

शुक्रबार, १६ वैशाख २०७९, २२ : ००
शुक्रबार, १६ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार काँग्रेसले पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको हो । जसमध्ये  काँग्रेसले नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।

त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यसैगरी काँग्रेसले गउँपालिका उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,०६२ जना पुरुष र ८० जना महिला गरी ६१४२ जनालाई उम्मेदवार बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप