सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
शुक्रबार, १६ वैशाख २०७९, २१ : ५१

सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ की ५३ वर्षीय कृष्णमाया नेपालीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले बताए ।
दाउरा काट्न गएकी नेपालीलाई कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको गाउँलेले बताएका छन् । घाँस काट्दै गरेकी उनकी साथी भागेर ज्यान जोगाएकी र दाउरा काटिरहेकी कैली भाग्न नसक्दा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए । मोहनपुरस्थित सुकुम्वासी टोलमा बसोबास गर्ने सुकुम्वासी कैलीका श्रीमान्, छोरा र बुहारी छन् । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा
-
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण