दार्चुलामा सडक निर्माणका लागि सेनाले ‘एमआइ–१७’ हेलिकप्टरबाट लग्यो एस्काभेटर (तस्बिरसहित)
नेपाली सेनाले दार्चुलाको तुषारपानी कोठेधार सडकको ट्रयाक खोल्नका लागि ‘एमआइ–१७’ हेलिकप्टरमार्फत आवश्यक उपकरण सो क्षेत्रमा लगेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही हालै सेनाले हेलिकप्टरबाट तीन वटा कम्प्रेसर, दुई वटा एस्काभेटर ढुवानी गरेको हो ।
लक्ष्य बमोजिमको प्रगति हासिल गर्न विभिन्न उपकरण आवश्यक परेकाले पूर्व स्वीकृत योजनाअनुसार ती सामग्री ढुवानी गरिएको निर्देशनालयले जनाएको छ । २०७७ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला–टिंकर सडक (कोठेधार–टिंकर खण्ड) को ७५ किलोमिटर सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भएको हो । सोही अनुसार २०७७ वैशाख २८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आर्थिक वर्ष ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको थियो ।
निर्देशनालयका अनुसार २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषारपानी–कोठेधारसम्मको ४ किलोमिटर ट्रयाक निर्माण कार्यको जिम्मेवारीसमेत नेपाली सेनालाई प्रदान गरिएको थियो । सोही अनुसार अहिले निर्माण कार्य सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ । सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा–तुषारपानी (३ किलोमिटर) सडकखण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्डमध्ये गल्थैदेखि तुषारपानी खोलासम्म १.५ किलोमिटर ट्रयाक सडक विभागबाट पुनः खोलिएको थियो । बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडि बढ्न नसकेको हुँदा नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडकखण्ड निर्माण कार्यमा ढिलाई हुन नदिन २०७८ चैत १८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले एस्काभेटर पु¥याएको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण