अफगानिस्तानमा फेरि विस्फोटन, कम्तीमा १० जनाको मृत्यु
अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन् । तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अफगानिस्तानको संघीय राजधानी काबुलमा रहेको सुन्नी मस्जिदमा शुक्रबार अर्को विस्फोटन भएको छ । विस्फोटनमा परी कम्तीमा १० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । अघिल्लो शुक्रबार पनि विस्फोटनको घटनामा परी मानवीय क्षति भएको थियो ।
पछिल्लो समय विषेश गरेर हरेक शुक्रबार विस्फोटनका घटना हुने गरेको पाइएको हो । यस शुक्रबार पनि साप्ताहिक नियमित प्रार्थना सकिएको केही समयपछि प्रार्थनास्थल मस्जिदमा विस्फोटन भएको हो । घटनामा परी कम्तीमा १५ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान