मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरमा मेयर पदका दुईसहित १५ जनाले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, १६ वैशाख २०७९, २० : ५१
शुक्रबार, १६ वैशाख २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरको मेयरसहित विभिन्न पदमा उम्मेदवारी दिएका १५ जनाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानगरपालिकाले दिएको जानकारी अनुसार मेयर पदमा दुई जना, उपमेयर पदमा १ जना, वडाअध्यक्ष पदमा ११ जना र सदस्य पदमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरमा उम्मेदवारी फिर्ता लिनेहरूमा वैद्यनाथप्रसाद साह र नन्दनकुमार भगत छन् । यस्तै विभिन्न वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ११ जना र वडा सदस्य पदका एक जनाले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलले बताए ।

राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा नाम रहेका उपमेयरका स्वतन्त्र उम्मेदवार सरोजकुमार मिश्र, जनकपुरधाम– १ बाट वडाअध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारीमा दाबी विरोध उजुरी परेपछि आवश्यक छानबिन पश्चात रद्द भएको उनले बताए ।

त्यस्तै धनुषाको मिथिला नगरपालिकाको मेयरमा एमालेबाट बागी बनेर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतोले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनले एमाले पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप