बुटवल उपमहानगरमा गठबन्धन तोडेर उम्मेदवारी दिएका तीन दल ‘ब्याक’ भए
बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा सहमति नहुँदा गठबन्धन तोडेर उम्मेदवारी दिएका दलहरु उम्मेदवारी फिर्ता लिएर फेरि एकै ठाउँ उभिएका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले गठबन्धन तोडेर विभिन्न पदमा दिएका उम्मेदवारी शुक्रबार फिर्ता लिँदै गठबन्धनमै एकाकार भएका हुन् ।
जनता समाजवादी पार्टीले उपमहानगर प्रमुख र उपप्रमुखमा दिएको उम्मेदवारी शुक्रबार फिर्ता लिएको छ । यसअघि गठबन्धनमा सहमति नहुँदा प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले पनि केन्द्रमा भएको सहमति पालना गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनको मर्म र भावना अनुसार संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले उम्मेदवारी फिर्ता लिएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए ।
बुटवलमा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्ण प्रसाद पोखरेल र उपप्रमुखका उम्मेदवार रेणुकुमारी सिंह क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले गठबन्धनलाई सहयोग गर्ने घोषणासमेत गरेका छन् ।
बुटवल उपमहानगरको प्रमुखमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन