बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् प्रदेश १ मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार, १६ वैशाख २०७९, २० : १५
शुक्रबार, १६ वैशाख २०७९

प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले केही बाधा अड्काउ फुकाउनेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्ने छ । यसैगरी किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ जारी पछि विद्यालय लक्षित किशोरी सशक्तीकरण कार्यक्रम अघि बढ्ने प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप