राप्रपा नेपालले पोखराका चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने
शुक्रबार, १६ वैशाख २०७९, १९ : ५०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो ।
यसअघि पोखरा महानगरपालिकासहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा भने एकल रूपमा लड्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता