मेलम्चीमा काँग्रेस र राप्रपाबीच चुनावी तालमेल
शुक्रबार, १६ वैशाख २०७९, १९ : २९
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली काँग्रेस र राप्रपाबीच चुनावी तालमेल हुने भएको छ । मेलम्चीमा चुनावी तालमेलको लागि काँग्रेसले मेयर र राप्रपाले उपमेयर पद लिने निर्णय अनुसार उम्मेदवारी कायम गरिएको हो ।
मेलम्ची नगरपालिकाको मेयरमा काँग्रेसको तर्फबाट आइतमान तामाङ र उपमेयरको उम्मेदवार कुमारी तामाङ उम्मेदवार हुने भएका छन् । यसअघि मेलम्चीको उपमेयर पदमा काँग्रेसबाट उम्मेदवारी दर्ता गराएकी सविता गुरुङले राप्रपासँगको चुनावी तालमेलका लागि उम्मेदवारी फिर्ता लिएकी छिन् भने राप्रपाबाट मेलम्चीको प्रमुखमा उम्मेदवारी दर्ता गराएका शेष बहादुर तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।